शाहरुख खानको आलिया भट्टसँग काम गर्ने इच्छा

भारत । बलिउड अभिनेत्री आलिया भट्टको निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘डार्लिङ्स’को छायांकन सुरु भएको छ । आलियाले आफ्नो भ्यानेटी भ्यानमा छायांकनको तयारी गरिरहेको फोटो राखेर ‘डार्लिङ्स’को काम सुरु भएको खुसी ट्विटरमा सेयर गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
ट्विटमा उनले पहिलो पटक निर्माता र अभिनेत्री भएर काम गर्न हल्का डर लागेको बताएकी छिन् । आलियाको यस ट्विटमा रिपोस्ट गर्दै अभिनेता शाहरुख खानले आफ्नो लागि काम मागेका छन् । उनले आलियासँग काम गर्ने इच्छा भएकाले अर्को फिल्ममा आफूलाई पनि काम दिन अनुरोध गरेका छन् ।
‘योपछि कृपया मलाई तिम्रो अर्को होम प्रोडक्सनका लागि साइन अप गरिदेऊ,’ शाहरुखले ट्विटरमा लेखेका छन्, ‘म सुटिङका लागि समयमा नै आउनेछु र व्यवसायिक हुनेछु ।’
नयाँ फिल्म ‘डार्लिङ्स’ आलियाको प्रोडक्सन हाउस इटरनल सनसाइन र शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टको सह–निर्माणमा बन्न लागेको हो । जसमित के रिनद्वारा निर्देशित यो फिल्ममा आलिया भट्ट, शेफाली शाह, विजय शर्मा र रोशन मैथ्यूको मुख्य भूमिका छ ।
पछिल्लो समय शाहरुख कता हराए भन्ने समाचार भारतिय सञ्चार माध्यममा आइरहेको छ । शाहरुखले रमाइलो शैलीको ट्विट देखेर आलियाले हाँस्दै शाहरुखलाई आफ्नो काममा लिने सम्झौता भएको जानकारी दिएकी छन् ।
‘डार्लिङ्स’ आमा र छोरी जोडीबीचको पृथक कथामा आधारित चलचित्र हो ।
मुम्बई सहरको तल्लो मध्यम वर्गीय पृष्ठभूमिमा बुनिएको फिल्मको कथामा आमा र छोरी असाधारण परिस्थितिमा पनि साहस र माया खोजिरहेका हुन्छन्। व्यवसायिक फिल्मबाट आफ्नो अभिनय करियर सुरु गरेकी आलियाले गम्भीर खालका थुप्रै राम्रा फिल्ममा काम गरेर मन जितिरहेकी छन् ।
आलियाले यसअघि नै शाहरुख खानसँग काम गरिसकेकी छन् । सन् २०१६ मा रिलिज भएको फिल्म ‘डियर जिन्दगी’मा आलिया र शाहरुखको मूख्य अभिनय थियो । यी दुई कलाकार ‘ए दिल हे मुश्किल’ र ‘जिरो’ फिल्ममा पनि एउटै स्क्रिनमा देखिएका थिए ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया