एमिकस क्युरीका वरिष्ठ अधिवक्ता घिमिरेले भने : ओलीको विकल्प ओली हुँदैन

काठमाडौँ । एमिकस क्युरीका सदस्य तथा वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्धको संवैधानिक इजलासलाई राय दिँदै विश्वासको मत लिन नसकेका प्रधानमन्त्रीले पुनः ७६ (५)मा दाबी गर्न नमिल्ने बताएका छन् ।
७६ (५) मा उपधारा (२) बमोजिम आधार प्रस्तुत गरेमा राष्ट्रपतिले नियुक्त गर्नु पर्ने बाध्यकारी व्यवस्था भएको राय दिँदै उनले भने ‘चुक्लि लगाएको पत्रको आधारमा उहाँ (राष्ट्रपति)ले गरेको निर्णय विवादास्पद छ ।’
‘वैकल्पिक सरकार गठन गर्न उपयुक्त देखिएको’ भनेर प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा पनि उनी नै विकल्प नहुने बताए । ‘मेरो विकल्प म नै हुँदैन’ घिमिरेले भने, ‘मेरो विकल्प म हैन, अर्को हुन्छ ।’
जसपाले केपी शर्मा ओलीलाई समर्थन गरेर दिएको पत्र धारा ७६ (२) लाई मात्र काम लाग्ने तर, (५)मा काम नलाग्ने उनले बताएका छन् ।
घिमिरेलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा प्रश्न गरे– ‘उपधारा (२) र (३)को सरकारले (४) अनुसार लिनुपर्छ, त्यो प्रक्रियामा सबै सदस्यले भोट नहाली प्रधानमन्त्री कायम हुन सक्दैन हैन ?, उपधारा (५)ले पनि (४ं)को प्रक्रिया पूरा गर्न सक्नेलाई नियुक्त गर्नुपर्छ भन्ने हो ?’
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया