मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु
मेरोन्यूज
२०७८ असार २१ गते १७:४२

काठमाडौं । काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया