एमाले कार्यदल ब्यूँतियो, मंगलबार बैठक बस्ने

काठमाडौं । नेकपा एमाले पार्टी एकता जोगाउन गठित कार्यदल ब्यूँतिएको छ । एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले कार्यदल कार्यदल पुनः ब्यूँतिएको मेरोन्युजलाई जानकारी गराए । उनले कार्यदलको पहिलो बैठक मंगलबार बस्ने बताए ।
कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
२ जेठमा गठित कार्यदलको बैठक ६ जेठपछि बसेको थिएन । अध्यक्ष ओलीले नेपाल पक्षका कार्यदलका संयोजक रावललाई १२ जेठमा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।
पार्टीको विवाद मिलाउतन दुवै समूहका नेता छलफलमा रहेका थिए । पार्टी मिलाउन अन्तिम प्रयास हुँदै छ । कार्यदलबाट अनुमोदन गरेर दुवै पक्ष पार्टी एकताको लागि संयुक्त वत्तव्य निकाल्ने सहमति भएको छ ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया