खाेपमा अलमल
के चीनबाट पर्याप्त खोप आउँदै छ ?
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्–४० लाख खोप ल्याइँदै, स्वास्थ्य मन्त्रालय भन्छ – एकीन छैन

काठमाडौं । सरकारले चीनबाट जुलाई महिनाभित्रमा विभिन्न चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने जनाएको छ । गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चीनबाट विभिन्न चरणमा खोप खरिद गर्न लागिएको हो ।
सरकारले चीनसँगको गोप्य सम्झौताका आधारमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप ल्याउन लागेको बताइएको छ ।
४० लाख डोज खोप जुलाई महिनाभित्र ल्याउने पहल भएको भए पनि ठ्याकै यति नै खोप आउने भने एकीन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चीनबाट ४० लाख डोज खोप ल्याइने भन्दै खोप आयातको तालिकासमेत सार्वजनिक गरेका छन् । असार २५ देखि साउन ८ गतेसम्म गरी तीन चरणमा वाइडबडी जहाज खोप लिन चीनको बेइजिङ जाने नेपाल वायुसेवा निगमले जनाएको छ ।
चीनबाट आउने ४० लाख खोप कसलाई ?
चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले ५५ देखि ६० वर्ष उमेर समूहका करिब १८ लाख नागरिक रहेको जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेश जान लागेका, नागरिकलगायत विभिन्न पेशागत समूहका नागरिकले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय भएको छैन् ।
यसैगरी, चीनबाट ल्याइने खोप दुवै डोजका दरले (पूर्ण खोप) दिने तयारी विभागको छ ।
यता, खोप कति मात्रा आउने भन्ने निश्चित भएपछि दोस्रो डोजका लागिसमेत सुरक्षित गरी खोपको वितरण सुरु गरिने निर्देशक डा पोखरेलले जानकारी दिए । खोप आएपछि त्यसअनुसार उमेर समूह पनि थपिदै लगिने विभागका महानिर्देशक डा दिपेन्द्र रमणसिंहले जानकारी दिए ।
चीनको खोप बाहेक अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप ल्याउनका लागि पनि पहल भइरहेको डा पोखरेलले जानकारी दिए । यद्यपि कोभ्याक्सअन्तर्गत आउने साढे तीन लाखबाहेक कुनैपनि खोपको टुङ्गो भने लागिनसकेको उनको भनाइ छ ।
मन्त्रालय स्रोतका अनुसार जोन्सन एन्ड जोन्सनबाट १० लाख खोप आउने बताउनेछ । नेपाल हालसम्म ७ लाख ५८ हजार ४६ जनाले दुवै डोज लगाएका छन् भने २६ लाख ६ हजार ५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
कोल्भिसिल्ड खोपको पहिलो डोज लगाएर साढे १३ लाख ज्येष्ठ नागरिकले अझै दोस्रो डोज पाएका छैन् । सरकारले सम्झौता गरेको २० लाख खोपमध्ये १० लाख मात्र पठाएको र १० लाख अझै भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले पठाएको छैन ।
भारत सरकाले निर्यात खुला गर्ने बित्तिकै नेपाललाई पहिलो चरणमा खोप पठाउने महाशाखाका निर्देशक डा पोखरेलले बताए । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत साढे तीन लाख डोज खोप यही जुलाई महिनाभित्र आउने विभागले जनाएको छ ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया