एमाले कार्यदलको बैठकमा औपचारिक विषयले प्रवेश पाएन, भोलि पुनः बैठक बस्ने
काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधान समाधानको मार्ग पहिल्याउने उद्देश्यले सिंहदरबारमा जारी सत्तारुढ दल नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ ।
आज साँझ शुरु भएको बैठक भर्रखरै सकिएको हो । आजको बैठक सकारात्मक रुपमा सम्पन्न भएको माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका भीम रावलले जानकारी दिए ।
आजको बैठकमा कुनै एजेण्डामा छलफल नभएको तर भोलि बस्ने बैठकमा विषय प्रवेश हुने उनले बताए ।भाेलि १ बजे बैठक बस्ने गरी नेताहरू निस्किएका छन् । बैठकमा कार्यदलमा रहेको दुवै पक्षका सदस्यको सहभागिता थियो ।
बैठकमा हार्दिकतापूर्वक छलफल भएको र अनौपचारिक रुपमा भइरहेका छलफल, सहमति र सहमितका मस्यौदाका विषयमा छलफल भएको कार्यदल सदस्य गोकर्ण विस्टले बताए । कार्यदलकाे बैठकमा आजदेखि नयाँ अध्याय शुरू भएकाे उनले बताए ।
कार्यदलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली रहेका छन् । यस्तै नेपाल पक्षबाट डा भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया