कोभिड–१९ बाट एक हजारभन्दा बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु

जकार्ता । कोभिड–१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ ।
इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड–१९ को सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकमीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन् । मे महिनामा ईद–उल–फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा कोभिड १९ को महामारी बढेको थियो र अधिकांशस्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो ।
यसैबीच, कोभिड– १९ बाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन ।उनीहरूले महामारीका कारण वृद्धि भएका विरामीको रेखदेख गर्न आफुले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको परताकुसुमाले बताए ।















HoR election: 43 days to go for voting
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया