विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।
विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।
यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।
सेवाग्राही चन्दले यसरी सेवा लिंदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।














प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया