विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।
विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।
यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।
सेवाग्राही चन्दले यसरी सेवा लिंदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया