एमाले आन्तरिक विवाद मिलाउने कसरतमा, कार्यदल बैठक आज पनि

काठमाडौं । फुटको संघारमा पुगेपछि पार्टी एकता जोगाउन गठन भएको नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यदल गोकर्ण विष्टले जानकारी दिए ।
एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।
गत जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र आजको बैठकमा थप छलफल गरिने कार्यदल सदस्य विष्टले जानकारी दिए ।
विष्टले लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको बताए ।
विष्टले औपचारिक रुपमा विवाद कसरी टुंगो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढंगले छलफल सुरु भएको बताए ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया