बिहीबार, चैत १२, २०८२

सर्वाेच्चको निर्णयबारे प्रचण्डको भविश्यवाणी

संसद पुनर्स्थापना हुँदै देउवालाई प्रधानमन्त्री बनाउन आदेश आउछ : प्रचण्ड

मेरोन्यूज २०७८ असार २२ गते १२:४५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन् । पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका उनले यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनर्स्थापना गरेको स्मरण गराउँदै यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यसपटक पनि अदालतले संसद पुनर्स्थापना गर्छ,’ प्रचण्डले भने, ‘सर्वोच्च अदालतमा बुझाएको एक सय ४६ संसदको हस्ताक्षरका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने हामीलाई विश्वास छ ।’

संविधानको मर्म र भावनाअनुसार संसद पुनर्स्थापनाको कुनै विकल्प नभएको प्रचण्डले बताएका थिए । यस्तै, उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब राख्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले संविधानमा केही त्रूटी भएको बताउँदै आफूहरू संशोधनको पक्षमा रहेको बताएका थिए ।

सोमबार राति १० बजे निधन भएको यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया