सशस्त्रमा २ डिआइजी बढुवाका लागि दुई जनाको नाम सिफारिस
मेरोन्यूज
२०७८ असार २२ गते १५:१८

काठमाडौँ । सशस्त्र प्रहरीमा रिक्त भएको डिआइजीको बढुवामा दुई जनाको नाम रिफारिस भएको छ । सशस्त्र प्रहरी बढुवा समितिले रिक्त दुई डिआइजीको बढुवा गर्न दुई जना एसएसपीको नाम सिफारिस गरेको छ ।
एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवा गर्न नाम रिफारिस गरिएको हो । बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्र जानकारी गराउन बढुवा समितिको सदस्य सचिव सशस्त्रका एआइजी रामशरण पौडेलले सूचना जारी गरी जानकारी गराएका छन् ।
नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा प्रवेश गरेका उनीहरू वरीयतामा अगाडि रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया