मौद्रिक नीतिले शेयरलाई नियन्त्रण गर्ने हल्लासँगै निरन्तर ओरालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार ५ दशमलब २४ अंकले घटेको छ ।
कारोबार हुने साताको तेस्रो दिन बजार अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १९ प्रतिशतले घटेर २ हजार ८ सय १८ दशमलब ११ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार कूल २ सय २० कम्पनीको ४६ हजार ३ सय १० कारोबारबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भएको छ ।
पछिल्लो समय लगातार नेप्सेमा देखिएको गिरावटले मौद्रिक नीतिले शेयरलाई नियन्त्रण गर्ने हल्ला रहेको लगानीकर्ताले जनाएका छन् ।
लगानीकर्ता नवराज अधिकारीले आगामी आर्थिक वर्षका लागि केन्द्रीय बैंकले ल्याउन लागेको मौद्रिक नीतिले शेयर बजारलाई नियन्त्रण गर्ने हल्ला फैलिएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको बताए ।
उनले ठूलो ब्रोकर कम्पनी र ठूलो लगानीकर्ताले आफ्नो ग्राहक तथा निकट व्यक्तिलाई मौद्रिक नीति बजारलाई कस्नेगरी आउन लागेको र अहिले सेयर किन्न नहुने भनेपछि बजारले केही दिनदेखि ओरालो लागेको उल्लेख गरे ।
दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ता अधिकारीको भनाइ छ ।
मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष प्रभावित बनाउने विषयहरुमा कस्तो रणनीति अख्तियार हुन्छ भन्ने आम चासो रहेको छ ।
















तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया