मौद्रिक नीतिले शेयरलाई नियन्त्रण गर्ने हल्लासँगै निरन्तर ओरालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार ५ दशमलब २४ अंकले घटेको छ ।
कारोबार हुने साताको तेस्रो दिन बजार अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १९ प्रतिशतले घटेर २ हजार ८ सय १८ दशमलब ११ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार कूल २ सय २० कम्पनीको ४६ हजार ३ सय १० कारोबारबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भएको छ ।
पछिल्लो समय लगातार नेप्सेमा देखिएको गिरावटले मौद्रिक नीतिले शेयरलाई नियन्त्रण गर्ने हल्ला रहेको लगानीकर्ताले जनाएका छन् ।
लगानीकर्ता नवराज अधिकारीले आगामी आर्थिक वर्षका लागि केन्द्रीय बैंकले ल्याउन लागेको मौद्रिक नीतिले शेयर बजारलाई नियन्त्रण गर्ने हल्ला फैलिएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको बताए ।
उनले ठूलो ब्रोकर कम्पनी र ठूलो लगानीकर्ताले आफ्नो ग्राहक तथा निकट व्यक्तिलाई मौद्रिक नीति बजारलाई कस्नेगरी आउन लागेको र अहिले सेयर किन्न नहुने भनेपछि बजारले केही दिनदेखि ओरालो लागेको उल्लेख गरे ।
दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ता अधिकारीको भनाइ छ ।
मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष प्रभावित बनाउने विषयहरुमा कस्तो रणनीति अख्तियार हुन्छ भन्ने आम चासो रहेको छ ।









रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया