भर्चुअल शिलान्यास गर्दै ओलीले भने : स्वास्थ्य प्रतिष्ठानसँगै रेल मार्गले सप्तरीमा तीव्र विकास हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्व बोकेको सप्तरी जिल्ला पछाडि नहुने बताएका छन् । जिल्लाको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भर्चुअल शिलान्यासपछि उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सप्तरीमा अहिलेसम्म भएको विकास परियोजनामध्ये प्रतिष्ठान सर्वाधिक ठूलो परियोजना भएको बताएका थिए । उनले प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र गतिमा विकास हुने बताए ।
ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुरु गरेको हुलाकी राजमार्ग, निकट भविष्यमा सञ्चालन हुने पूर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीको समृद्धिमा थप आयाम थपिने बताएका थिए । प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै उनले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्काप्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले सप्तरीका जनतालाई कुनै किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गरे । हामीबीचमा रहेका विविधता सम्पत्ती भएकाले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन उनले आग्रह थियो ।
सबै जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तव्य भएको बताउँदै उनले भने, ‘अब देशभित्र रोजगारीका अवसरहरू सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु ।’
सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतासमेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया