आत्मनिर्भर हुन उद्योग विभागको अभियान

काठमाडौँ । औद्योगिक क्षेत्रबाट उत्पादन हुने सामाग्रीमा आत्मनिर्भर हुन उद्योग विभागले अभियान थालेको छ । आज मंगलबार एक अध्ययन प्रतिवदेन सार्वजनिक गर्दै आवश्यकतानुसार आर्थिक उन्नतीका लागि आत्मनिर्भरमा सर्वसाधारण लाग्न सक्ने संकेत गरेको हो ।
प्रतिवेदनले नेपाली उद्योगहरूलाई प्रोत्साहित गर्ने, कर छुट दिने, विदेशबाट आयात हुने सामाग्रीमा कडाई गर्ने, कच्चा पदार्थ आयातलाई सहज बनाउने, स्वदेशी कच्चा पदार्थलाई प्रोत्साहन गर्नेलगायत विषयवस्तु प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विं.सं. २०७७÷७८ को लागि निम्न पाँच वटा वस्तुहरूको उद्योग विभागको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘नेपालमा आत्मनिर्भर औद्योगिक सामानको विस्तृत अध्ययन’को आव्हान हुँदा औषधि उत्पादन उद्योगहरूले आफूलाई अग्र स्थानमा लैजाँदै गरेको छ । यस्तै, चिया, विद्युत्तीय तार, जुत्ता–चप्पल, जस्ता पाता र पेन्टलाई आत्मनिर्भरका लागि विभागले प्राथमिकता दिएको छ ।
छनोटमा परेका आत्मनिर्भर हुन सक्ने औद्योगिक कम्पनीहरूको उत्पादन अवस्थाबारे विवरण संकलन, माग र आपूर्तिको अवस्था, उद्योगले भोगिरहेका समस्या तथा समाधानका उपायहरू पहिचान तथा विश्लेषणबारे धारणा माग गरेको छ । यस्तै, सरकारको तर्फबाट दिनु पर्ने प्रोत्साहन, छुट, सुविधा र सहुलियत सम्बन्धमा आवश्यक सुझाव दिने अध्ययनको मुख्य उद्देश्य रहेको विभागले जनाएको छ ।
झापा जिल्लामा सिटिसी र पहाडी क्षेत्र इलाम, पाँचथर धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा परम्परागत अर्थोडक्स चिया, ग्रीन चिया, उत्पादन भएर आत्मनिर्भर भएको अध्ययनको निष्कर्ष भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा एक सय ४६ चिया इष्टेट र १४ हजार १४ साना चिया किसानले १६ हजार ९ सय ५ हेक्टर क्षेत्रमा चिया खेती गरिएको प्रतिवेदनको निष्कर्ष छ । चिया उत्पादनमा ७२ प्रतिशत जमिनमा ठूला उद्योगले ओगटेका छन् भने २८ प्रतिशत जमिनमा साना किसानले समेटेको निष्कर्ष छ ।
गत वर्ष सिटिसी चिया उत्पादन १४ हजार ९ सय ७७ मेट्रिक टन चिया उत्पादन भएको छ । यस्तै, अर्थोडक्स चिया ८ हजार २ सय ५१ मेट्रिक टन, हरियो र अन्य चिया ८ सय ९० मेट्रिक टन चिया उत्पादन भई व्यापार राम्रो भएको अध्ययनको निष्कर्ष छ ।
नेपालमा हाल विद्यमान २५ उद्योगमध्ये १३ उद्योगहरूले मात्र गुणस्तर चिह्न पाएका छन् । २५ केवल र कण्डक्टर उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत रहेको छ भने विद्युतीय केवल र कण्डक्टरको ५ वर्षको भविष्यको माग करिव १३ प्रतिशत वृद्धि हुने अध्ययनको निष्कर्ष छ । नेपालमा ६ वटा ठूला जुत्ता–चप्पल उद्योग, १५ मध्यम स्तरका तथा ३ सय साना उद्योग र १ हजार २ सय लघु उद्योगले ४ करोड ५० लाख जोडी उत्पादन गरी १६ करोड रुपैयाँ कमाएको छ ।
दुई लाख मेट्रिक टन पेन्ट नेपालमा उत्पादन भएको छ । जसबाट २० अर्ब रुपैयाँको कारोबार भएको उद्योग विभागको प्रतिवेदनले जनाएको छ । यसैगरी जस्ता पाता उत्पादनको उत्पादन क्षमता हाल ६ लाख मेट्रिक टन रहेकोमा २ खर्ब ५ अर्ब रुपैयाँ लगानी रहेको छ । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालको १० खर्ब ९९ खर्ब रुपैयाँ घाटामा भएको जानकारी दिए ।
मेरोन्युजसँग कुरा गर्दै उनले नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको जानकारी दिएका छन् । यस्तै, उनका अनुसार १२ खर्ब ९९ अर्बका रुपैयाँ सामानहरू आयात भएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया