एमालेको कार्यदल बैठक सकियो, बुँदागत रुपमा छलफल

काठमाडौं । पार्टी एकता जोगाउन गठन भएको नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । मंगलबार सिंहदरबारमा बैठक बसेको थियो । बैठकमा सोमबारको भन्दा विस्तृतरुपमा छलफल भएको बैठकपछि नेताहरुले बताएका छन् । कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको बैठकमा बुँदागत रुपमा छलफल भएको बताए ।
छलफल जारी रहेको भन्दै उनले विवाद टुंगिन पनि सक्छ नटुंगिन पनि सक्ने बताए । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने विषयमा कुनै छलफल नभएको बताए । अर्का नेता गोकर्ण विष्टले सोमबारको बैठक भन्दा आज केही फरक भएको र छलफल जारी रहने बताए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको थियो ।
कार्यदलले सोमबारदेखि औपचारिकरुपमै काम गर्न थालेको छ । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया