मेलम्ची बाढीपीडितलाई कांग्रेस नेता रायमाझीको पहलमा सहयोग

काठमाडौं । नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ । आज हेलम्बुको गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ । मेलम्चीमा आएको बाढीले घरवारविहीन भएकाहरूका लागि सो टेन्ट आवासको व्यवस्था सहज होस् भनेर हस्तान्तरण गरिएको नेता रायमाझीले जानकारी दिए । उनले मेलम्ची बाढीपीडितका लागि आवश्यक पहलकदमी सरकारले नलिएको भन्दै सो विषय राष्ट्रिय सभा बैठकमा उठाउने र थप सहयोगका लागि पहल गर्ने पनि बताए । हेलम्बुको दुखमा साथ दिएको भन्दै सिन्धुपाल्चोक कांग्रेसका युवा नेता प्रेमध्वज लामाले सुन्दरहरैचा नगरपालिका र नेता रायमाझी प्रति आभार व्यक्त गरे ।














प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया