निःशुल्क रुपमा विद्युत् उपभोग गर्न पाएपछि स्थानीयवासी उत्साहित

स्याङ्जा । कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । यहाँका बासिन्दाको न्यूनतम विद्युत् महसुल तिरिदिने निर्णय गरेसंगै गाउँपालिका र विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार गाउँपालिकाले यहाँका चार हजार ५४७ घरधुरीको न्यूनतम विद्युत् महसुलबापत रु चार लाख १० हजार उपलब्ध गराएको विद्युत् प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले जानकारी दिए ।
वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक रु ३० का दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्येक ६/६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाले स्थानीवासीलाई विद्युत् उपभोग गर्न कुनै समस्या नहोस् भनेर उज्यालो गाउँपालिका अभियानअन्तर्गत न्यूनतम विद्युत् महसुल तिरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । निःशुल्क रुपमा विद्युत् उपभोग गर्न पाएपछि स्थानीयवासी उत्साहित छन् ।















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया