पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय पुगेका बालेन्द्र शाह (बालेन) केहीबेरमै फर्किएका छन्। आइतबार दिउँसो काठमाडाैंकाे मेयरबाट राजीनामा दिएर बालेन बनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघर पुगेका थिए ।
बालेन रास्वपा कार्यालय जाँदा वनस्थली क्षेत्रमा हजारौंको संख्यामा समर्थक र शुभेच्छुकहरूको बाक्लाे उपस्थिति थियो।
उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरे । स्वागतपछि सभापति लामिछाने र बालेनले संयुक्त रूपमा ‘घण्टी घर’ मा रहेको घण्टी बजाएका थिए। त्यसपछि बालेन-रविले एकअर्कालाई अंकमाल गरे । र बालेने समर्थकलाई अभिवादनसँगै फ्लाइङ किस दिए ।
त्यसपछि आफ्नो कार्यकक्षमा पुगेर बालेनले रास्वपाका वरिष्ठ नेताका रुपमा पदभार ग्रहण गरेका थिए । लगत्तै उनी बाहिरिए ।
करिब १० मिनेट बसेका बालेन समर्थकलाई सम्बोधन नगरी कार्यालयबाट बाहिरिएका हुन् । उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा स्राेतले जानकारी दिएकाे छ ।
















राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया