बिहीबार, वैशाख १७, २०८३

चिकित्सा शिक्षा स्नातक विदेशमा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

मेरोन्यूज २०७८ असार २३ गते ८:२८

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

Advertisement
NiccNicc

२०२० को अप्रिलको अन्तिमसम्ममा परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

आयोगले विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोभिड–१९ ले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन सूचना समेत जारी गरेको छ । आयोगका अनुसार अनलाइन आवेदन असार २४ देखि साउन ५ गतेसम्म भर्न सकिने छ ।

स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ। आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन प्रणाली आयोगको वेवसाइटमा रहेको सूचनामा छ।

प्रतिक्रिया