चिकित्सा शिक्षा स्नातक विदेशमा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
२०२० को अप्रिलको अन्तिमसम्ममा परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
आयोगले विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोभिड–१९ ले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन सूचना समेत जारी गरेको छ । आयोगका अनुसार अनलाइन आवेदन असार २४ देखि साउन ५ गतेसम्म भर्न सकिने छ ।
स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।
साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ। आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन प्रणाली आयोगको वेवसाइटमा रहेको सूचनामा छ।

















हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया