बुधबार, माघ ७, २०८२

एमाले कार्यदलको बैठक सुरू, बैठकअघि माधव नेपाल र भीम रावलबीच भेट

मेरोन्यूज २०७८ असार २३ गते १२:११

काठमाडौँ । पार्टीमा देखिएको विवाद समाधान गर्न नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच बैठक सुरु भएको हो ।

बिहान १० बजे बस्ने भनिएको बैठक नेपाल पक्षका कार्यदलका सदस्य भीम रावलका कारण ढिला गरी सुरु भएको हो । उनी नेपाल निवास कोटेश्वरस्थित नेता नेपालसँग छलफल गर्न पुगेपछि बैठक पछाडि परेको हो ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत छन् ।

यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् ।

कार्यदलमार्फत पार्टी मिलाउने प्रयास हुन थालेपछि गत सोमबार र मंगलबार पनि छलफल भएको थियो ।

प्रतिक्रिया