केपी ओली कोठाभित्र चुक्कुल लगाएर राष्ट्रियताको गफ दिने मान्छे होइन : खिमलाल भट्टराई

काठमाडौँ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् । बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भए पनि कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘राष्ट्रियसभामा कस्मेटिक राजनीति नगरौँ, मेरो यो अनुरोध छ ।’ यस्तै, उनले वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै सरकारका काम कारबाहीको बचाउ गरेका थिए । उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरे ।
उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन, त्यस्तो औचित्य के रहन्छ ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’
देवकोटाले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गरेका थिए । उनले सरकार बनाइदिनुपर्यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरेका थिए । यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्व प्रधानमन्त्रीहरूलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए ।
उनले भने, ‘म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मलभित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी गरे ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया