बिहीबार, चैत १२, २०८२

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

मेरोन्यूज २०७८ असार २३ गते १४:३७

काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । माओवादी केन्द्र छोडेर एमाले पुगेका नेता लिलबहादुर थापा र अधिवक्ता सरोज बुढाथोकी निर्वाचन आयोग पुगेर माओवादी केन्द्र अवैधानिक रहेको भन्दै खारेजीको माग गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १३ (१) मा संघीय कानुनबमोजिम आयोगलाई बुझाउनु पर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा संघीय कानुनबमोजिम दल दर्ता हुन पूरा गर्नु पर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम रहने छैन भनिएको छ’, अधिवक्ता वुढाथोकीले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘मैले २०७८ असार ४ गते मेरो प्रतिलिपिको निवेदनमार्फत पाएको कागजात विश्लेषण गर्दा माओवादी केन्द्रको हैसियत समाप्त भइसकेको छ ।’

उजुरी कर्ता अधिवक्ताले १२ ओटा आधार देखाउँदै माओवादी केन्द्र खारेजीको पत्र निर्वाचन आयोग दर्ता गराएका हुन् ।

९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन नसक्ने र माओवादी केन्द्र आफैँमा अवैध रहेको दाबी उजुरीमा गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मेरोन्युजलाई जानकारी दिए ।

उजुरी दर्ताको प्रक्रियामा माओवादी केन्द्र छोडेर एमालेमा पुगेका अन्य नेताहरुको साथ रहेको वताईएको छ ।

यस्तो छ आयोगमा दर्ता भएको उजुरीको पूर्णपाठ

प्रतिक्रिया