माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । माओवादी केन्द्र छोडेर एमाले पुगेका नेता लिलबहादुर थापा र अधिवक्ता सरोज बुढाथोकी निर्वाचन आयोग पुगेर माओवादी केन्द्र अवैधानिक रहेको भन्दै खारेजीको माग गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १३ (१) मा संघीय कानुनबमोजिम आयोगलाई बुझाउनु पर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा संघीय कानुनबमोजिम दल दर्ता हुन पूरा गर्नु पर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम रहने छैन भनिएको छ’, अधिवक्ता वुढाथोकीले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘मैले २०७८ असार ४ गते मेरो प्रतिलिपिको निवेदनमार्फत पाएको कागजात विश्लेषण गर्दा माओवादी केन्द्रको हैसियत समाप्त भइसकेको छ ।’
उजुरी कर्ता अधिवक्ताले १२ ओटा आधार देखाउँदै माओवादी केन्द्र खारेजीको पत्र निर्वाचन आयोग दर्ता गराएका हुन् ।
९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन नसक्ने र माओवादी केन्द्र आफैँमा अवैध रहेको दाबी उजुरीमा गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मेरोन्युजलाई जानकारी दिए ।
उजुरी दर्ताको प्रक्रियामा माओवादी केन्द्र छोडेर एमालेमा पुगेका अन्य नेताहरुको साथ रहेको वताईएको छ ।
यस्तो छ आयोगमा दर्ता भएको उजुरीको पूर्णपाठ














नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया