युरोकप २०२०
२५ वर्षपछि पहिलोपटक अन्तिम चारमा इंग्ल्याण्ड, कस्ले मार्ला बाजी ?

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज बुधबार राति १२ः४५ बजे हुँदैछ । दोस्रो सेमिफाइनल इंग्ल्याण्ड र डेनमार्कको खेल वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुने भएको हो ।
आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । आजको दुई ठूला टिमबीचको खेल रोमाञ्चक हुने भएको छ ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजीत गरेको हो ।
इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा उपाधि दाबेदार जर्मनीलाई २–० गोलको अन्तर इंग्ल्याण्डले पराजीत गरेको थियो ।
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोलले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले प्रि क्वाटरफाइनलमा वेल्सलाई ४–० गोलले पराजित गरेको थियो ।
इंग्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्याण्ड १२ खेलमा जित निकाल्दा ५ खेल बराबरीमा सकिएको छ, भने डेनमार्कले ४ खेल जितेको छ ।
इंग्ल्याण्ड अहिलेसम्म कहिल्यै युरो च्याम्पियनशिपको फाइनलमा गएको छैन । सन् १९९२ पछि सेमिफाइनलमा इग्ल्याण्ड पहिलोपटक पुगेको हो ।
यता डेनमार्क भने चौथोपटक युरोकपको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६४, १९८४ र १९९२ मा पुगेको थियो ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया