ब्रेकिङ न्यूज : तोडियो ओली-नेपाल संवादहिनता
प्रधानमन्त्री ओली र माधव नेपालवीच मेरियट होटलमा भेटवार्ता
माधव नेपाल मेरियट होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री केपी ओली पनि होटल पुगेका छन्

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन नेताहरुले गरेको प्रयास पछि प्रधानमन्त्री केपी ओली र माधव नेपालवीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटलमा ओली र नेपालका वीचमा भेटवार्ता केही वेर अगाडीबाट शुरु भएको हो ।
माधव नेपाल पहिले होटलमा पुगेका थिए । त्यसको केही वेरपछि प्रधानमन्त्री ओली पनि मेरियट पुगेका थिए । अहिले दुई नेतावीच भेटवार्ता शुरु भएको वालुवाटार स्रोतले बताएको छ ।
वुधबार वसेको कार्यदल बैठकले दुई नेताका वीचमा भेटवार्ताको प्रयास गराउने गरी पहलकदमी लिएपछि ओली र नेपालका वीचमा भेटवार्ता भएको हो । ओली र नेपाल सम्वादमा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेल पनि सहभागी छन् ।
यस अगाडी पनि गत बैखाख ७ र ८ गते होटल मेरिसयटमा ओली र नेपालका वीच दुई चरणमा भेटवार्ता भएको थियो ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन बुधबार वसेको एमाले कार्यदलको बैठकपछि पार्टीभित्रको विवाद समाधानको दिशातिर गएको नेताहरुले प्रतिक्रिया दिएका थिए ।
कार्यदलका नेताहरुले भोलिसम्म सबै समाधान हुने बताएका थिए । पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको नेता हरुको प्रतिक्रिया थियो । सोही आधारमा कार्यदलले गरेको छलफलमा केन्द्रीत रहेर अहिले ओली र नेपालका वीचमा मेरियटमा सम्वाद हुन लागेको हो ।
दुइ नेताका वीचमा सकारात्मक छलफल भए भोलि वस्ने कार्यदल बैठकले सवै विषय टुंगो लगाउने बताईएको छ ।















‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया