‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक

विराटनगर । गैरसरकारी संघ महासंघ नेपाल कोशी प्रदेशको आयोजनामा मुलुकमा रहेका विभिन्न किसिमका असमानताका स्वरूपबारे जानकारी लिने र आवश्यक विश्लेषण गर्ने उद्देश्यले ‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक गरिएको छ ।
आज विराटनगरमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकार भएका निकायका प्रतिनिधिबीच बृहत छलफल भएको हो ।
गैरसरकारी संघ महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा विशेष गरी महिला, युवा तथा विभिन्न समूहका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।
छलफलका क्रममा विज्ञ परामर्शदाता डा. रेवत ढकालले प्रतिवेदनको सहजीकरण गर्दै नेपालमा आर्थिक, सामाजिक र लैङ्गिक असमानताका वर्तमान चुनौतीका बारेमा प्रकाश पारेका थिए । सहभागीले समाजका तल्लो तहसम्म रहेका असमानताका खाडल पुर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुनुपर्ने पहलका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
गैरसरकारी संघ महासंघले सार्वजनिक गरेको उक्त प्रतिवेदनले आगामी दिनमा नीति निर्माण र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया