ओली-नेपाल वार्ता भएन सकारात्मक
माधव नेपालले पावर सेयरिङको एजेण्डा उठाउँदा ओलीको जवाफ-त्यस्तो हुँदैहुन्न

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको चर्काे दवावपछि वुधबार साझ नक्सालस्थित मेरियट होटलमा वार्तामा बसेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको वार्ता सकारात्मक हुन सकेन ।
दुई नेताकाबीच पार्टी सञ्चालन र सरकारको जिम्मेवारीका विषयमा केन्द्रीत रहेर कुराकानी भएपनि यी दुवै विषयमा दुवै नेताको अडान र वुझाइ फरक निस्केको नेताहरुको भनाइ छ ।
शुरुमा दुइ दिन यता कार्यदलस्तरमा भएको छलफल र निस्केका सहमतिका वुँदालाई नेताहरुले ओली र नेपाललाई विफ्रिङ गरेका थिए । त्यसपछि भने नमिलेको एक व्यक्ति एक पदको जिम्मेवारी सहित सरकार र पार्टी सञ्चालनका विषयमा केन्द्रीत रहेर ओली र नेपालले एक्लाएक्लै भेटवार्ता गरेका थिए ।
तर यो छलफलमा ओली र नेपालकाबीचमा कुरा नमिलेको स्रोतको भनाई छ ।
नेपालले ओलीसँग सरकार र पार्टी सञ्चालनमा पावर सेयरिङको विषय उठाएका थिए । तर त्यसमा ओलीले कुनै सम्वोधन गर्ने चाहेनन ।
नेपालसँग ओलीले यही सरकारको निरन्तरता र पार्टीमा पनि जेठ २ मा फर्किएको विषय मात्र उल्लेख गरेर जान सकिने धारणा राखेका थिए । तर नेपालले भने सरकार र पार्टीमा अब एक व्यक्ति एक मुख्य जिम्मेवारीको विषय सम्वोधन हुनुपर्ने बताएका थिए ।
नेता नेपालले मुलतः सांगठनिक र राजनीतिक विषयमा पावर सेयरिङको कुरा उठाएका थिए । तर ओलीले त्यसमा कुरै सुन्न नचाहेपछि वार्ता विनानिश्कर्ष टुग्गिएको नेताहरुको भनाइ छ ।
ओलीले पार्टी मिलाउने, संसदका विषयमा अदालतले गर्ने फैसला पछि पनि पार्टी निर्णय अनुसार निशर्त नेपाल समुह हिडनुपर्ने जसरी कुरा राखेको स्रोतको भनाई छ ।
तर नेपालले भने निशर्त ओलीसँगको सम्वाद मिलाउने भन्दा पनि सरकार र पार्टी सञ्चालन लगायतका विषयमा पावर सेयरिङकै तहमा सहमति , सम्झौता खोजेका थिए । तर त्यसमा ओलीले कुरै सुन्न चाहेनन । नेपालले पावर सेयरिङको विषय उठाएपछि भने ओलीले सर्वोच्चमा पुगेर गरेको हस्ताक्षरको विषय फेरि दोहोर्याएर उठाएका थिए ।
ओली कमरेड निशर्त माधव नेपाल समुहले आफुलाई सहयोग गर्नुपर्छ भने जसरी मात्र आउनुभयो, त्यसैकारण कुरा मिल्दै मिलेन, नेपाल निकट स्रोतले भन्यो ।
त्यसपछि भने ओली पक्षका नेताहरुले छलफलमा उठेका विषयमा कुनै प्रतिक्रिया नदिई हिडेका थिए ।
ओली र नेपालले पनि छलफलस्थलबाट कुनै प्रतिक्रिया नदिइ हिडेका थिए ।
तर अन्य नेताहरुले भने छलफल सकारात्मक भएको दावी गरेका थिए । कार्यदल स्तरमा भोलि छलफल भएर मिल्ने उनीहरुले दावी गरेपनि बुधबार साझ ओली र नेपालकोबीचको सम्वाद मिठासपूर्ण नरहेको स्रोतको भनाइ छ ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया