आजको राशिफलः आषाढ २४ गते बिहीबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २४ गते बिहीबार, आषाढ कृष्णपक्षको चतुर्दशी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने छ । बोलीमा सामान्यतया शितलता देखा पर्ने छ । तर बेला बेला अपेक्षा नै नगरिएको जस्तो कडापना देखा पर्दा अरुले अच्चम मान्ने छन् । पेशागत जीवन सहज रहने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।
वृष
बोली प्रभाव बढ्ने छ । तर बेलाबेला अनपेक्षित रिसको मात्रा देखा पर्न जाँखा खासगरी परिवारमा कटुता निम्तिन पुग्ने छ । पेशागत क्षेत्रबाट भाग्य अभिबृद्धि हुन पुग्ने छ शिक्षा क्षेत्र, । स्टेसनरी, अध्ययन अध्यापन, शिक्षण, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।
मिथुन
दृढ खालको व्यक्तित्व बन्ने छ । साथै मिठो बोली भएको व्यक्तित्व बन्न पुग्ने छ । आफ्नो अनुकुलताका लागि कहाँ के कसरी व्यावहार गर्ने भन्ने भित्रि चेत उत्पन्न हुने छ । पेशागत क्षेत्र अनुकुल भएता पनि भाग्यहिनताका कारण धेरै फलदायी भने बन्ने छैन् ।
कर्कट
आम्दानीमा हुने बृद्धिले व्यक्तित्व भरथेगमा मद्धत पुर्याएतापनि कमजोर मनोबल भएको व्यक्तित्व हुन पुग्ने छ । साझेदारीमा गरिएका काम अनुकुल बन्ने छ तर अन्य क्षेत्रका पेशागत अवस्थामा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । डान्स बार, होटल, रेष्टुरेण्ट, बाउन्सर, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई कठिनाई रहने छ ।
सिंह
नेतृत्व र बाणिको उचित संयोजनबाट लक्ष्य प्राप्त हुन र आम्दानी बृद्धिका लागि प्रगति हुने छ । आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रही रहने व्यक्तित्व बन्ने छ । भाग्यहिनताका कारण घर घडेरी, वाहन, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ ।
कन्या
आम्दानीमा हुने बृद्धिले भाग्य अभिवृद्धि हुने छ । प्रभावकारी बोली हुने भएकाले यसका कारण पेशागत जीवन स्थिर बनाउन भुमिका खेल्ने छ । धेरै जोखिमपूर्ण क्षेत्रमा आवद्ध व्यक्तिहरुले निकै सोच विचार गरेर कदम चाल्नु पर्ने समय रहेको छ । पानीको व्यापार, चिसो पेय पदार्थ, दुग्ध पदार्थ, आयात निर्यात आदीको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
तुला
कर्मशिल हुँदा हुँदै पनि त्यसको कदर हुने छैन् भने प्रतिफल पनि प्राप्त हुने छैन् । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धेर्यतापूर्वक अवस्थालाई अघि बढाउने प्रयास गर्नु होला । भाग्यको साथका कारण उचित स्थानमा उचित तवरको बाणिको प्रभाव बढ्ने हुँदा अवश्य राहत भने मिल्ने छ । ठेक्कापट्टा, वाहनको कारोवार आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
वृश्चिक
धैर्य र संयमित रहेर पाइला चाल्ने प्रयास गर्नु होला । मनमा निराशाजनक विचार र भावनाहरुका क्रम आइ रहने छन् । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । दृढताको अभाव हुने भएकाले जुध्नु पर्ने स्थानमा पनि जुध्न नसक्ने र शारीरिक रुपमा कमजोरी समेत उत्पन्न हुन जाने भएकाले शारीरिक अभ्यासलाई जोड दिनुहोला ।
धनु
पारीवारिक सुख प्राप्त हुने छ भने पैतृक सम्पत्तिले उन्नति प्रगतिमा मद्धत पुर्याउने छ । बोलीमा असाध्यै कडापना देखा पर्ने भएकाले ध्यान दिनु होला । मनोबल र शारीरिक अवस्था कमजोर बन्न जाने भएकाले शारीरिक अभ्यास नियमित गर्न प्रतिबद्ध रहँदा उपयुक्त हुने छ । पेशागत क्षेत्र शुभ रहने छ । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।
मकर
भित्रि बुद्धि चलायमान हुने छ भने मन स्थिर रहँदा रहँदै पनि बेला बेला अनपेक्षित उदासिनता देखा पर्न जाने छ । दृढ र दह्रो स्वाभाव भएको व्यक्तित्व हुने भएकाले कसैसँग नदब्ने खालको स्वाभाव देखा पर्ने छ । तर रिस नियन्त्रण गर्ने बारेमा भने संवेदनशिल बन्नु होला । पेशागत जीवनबाट केही फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने छ ।
कुम्भ
मन दृढ बन्ने छ । तर मनमा अन्तरद्वन्दका लहरहरु एक पछि अर्काे आउने छन् । बौद्धिक क्षमता र बौद्धिक स्तरमा उच्च व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा केही तालमेलको भने अभाव देखिन पुग्ने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले धेरै महत्वाकांक्षा भन्दा निरन्तरताको पक्षलाई बढि ध्यान दिनु होला । जलविद्युत, होटल, रेष्टुरेण्ट क्षेत्र आदीमा आवद्धहरुलाई प्रतिकुल छ ।
मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बोलीको प्रभाव बढ्ने छ । विदेश यात्राका सम्भावनाका ढोकाहरु खुल्ने छन् । स्वदेशमा पनि यात्रारत रहनु पर्ने अवस्था आउँछ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया