५७ किलो गाँजासहित २ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २४ गते ११:१८

काठमाडौं । मकवानपुरको हेटौँडाबाट अवैध ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले हेटौंडास्थित पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बुधबार साँझ उक्त गाँजा फेला पारेको हो ।
प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी शाहलाई पक्राउ गरेको हो ।
सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया