जगदम्बाको रंगिन र सादा जस्तापाता उत्पादन सुरु

काठमाडौं । जगदम्बाले रंगिन र सादा जस्तापाताको उत्पादन सुरु गरेको छ । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको उद्घाटन गरेका हुन् ।
अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । यस सिआरएम मिलको जटिल डिजाईन, जडान कार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो ।
जो ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रबिधिमा बिज्ञ पनि हुन् । विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य जस्ता पाताको तुुलनामा मजबुुत र टिकाउ हुने कम्पनीको दाबी छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया