बुधबार, माघ ७, २०८२

रुसले अमेरिकामाथि साइबर आक्रमण गरेको आशंका

मेरोन्यूज २०७८ असार २४ गते १३:२४


काठमाडौं । अमेरिकाका कम्पनीमाथि साइबर आक्रमण भएको रुसी ह्याकर लाई शंका गरिएको छ । अमेरिकाको फ्लोरिडामा रहेको कजेया नामक आईटी कम्पनीमाथि लक्षित गर्दै ह्याकरले उक्त कम्पनीको सफ्टवेयर प्रयोग गर्ने कर्पोरेट नेटवर्कमार्फत आक्रमण गरेको हो ।
रुससँग सम्बद्ध रेभिल रेन्समवयर समूह यो प्रकरणमा जिम्मेवार रहेको अमेरिकाको दाबी छ ।


गत महिना जेनेभामा भएको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बिडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस किसिमका साइबर आक्रमणमा लगाम लगाउन भनेका थिए । जो बिडेनले भनेअनुसार उनले पुटिनलाई ऊर्जादेखि खानेपानीसम्मका १६ प्रकारका संवेदनशील पूर्वाधार क्षेत्रको सूची उपलब्ध गराएका थिए, जुन साइबर आक्रमणको विषय नभएको उनको जिकिर थियो ।

कजेयाले आफ्नो कर्पोरेट नेटवर्क सर्भर सञ्चालन गर्ने एउटा एप्लिकेसन, डक्सटप कम्प्युटर र नेटवर्क डिभाइस कम्प्रमाइज भएको हुनसक्ने बताएको छ । कम्पनीको भिसा टुल प्रयोग गरिरहेका ग्राहकलाई तत्काल आफ्नो सर्भर डाउन गर्न भनिएको छ ।


सानो संख्याका कम्पनीहरु यसबाट प्रभावित भएका छन् । यद्यपि हन्ट्रेस ल्याबले भने आक्रमणबाट प्रभावित हुने कम्पनीको संख्या २ सय पुगिसकेको र थप गणना हुने क्रममा रहेको कजेयाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कजेयाको वेबसाइटमा उल्लेख भएअनुसार विभिन्न १० ओटा मुलुकमा कम्पनीको उपस्थिति रहेको छ र ग्राहक संख्या १० हजार रहेका छन् ।
रेभिल ह्याकर समूह, जुन सोदिनोकिबीको नामबाट समेत चिनिन्छ ।

यो विश्वकै सबैभन्दा नाफा आर्जन गर्ने साइबर अपराधीको समूह हो । यो समूहले पीडित पक्षले उसको माग पुरा गर्न नसकेको अवस्थामा आफ्नो वेबसाइटमा चोरीबाट प्राप्त कागजातसहितका चेतावनीपूर्ण पोस्टहरु समेत राख्ने गरेको छ ।


यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीले आफ्नो वक्तव्यमा यो आक्रमणलाई सम्बोधन गर्न आवश्यक कदम लिने क्रममा रहेको बताएको छ ।

प्रतिक्रिया