रुसले अमेरिकामाथि साइबर आक्रमण गरेको आशंका

काठमाडौं । अमेरिकाका कम्पनीमाथि साइबर आक्रमण भएको रुसी ह्याकर लाई शंका गरिएको छ । अमेरिकाको फ्लोरिडामा रहेको कजेया नामक आईटी कम्पनीमाथि लक्षित गर्दै ह्याकरले उक्त कम्पनीको सफ्टवेयर प्रयोग गर्ने कर्पोरेट नेटवर्कमार्फत आक्रमण गरेको हो ।
रुससँग सम्बद्ध रेभिल रेन्समवयर समूह यो प्रकरणमा जिम्मेवार रहेको अमेरिकाको दाबी छ ।
गत महिना जेनेभामा भएको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बिडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस किसिमका साइबर आक्रमणमा लगाम लगाउन भनेका थिए । जो बिडेनले भनेअनुसार उनले पुटिनलाई ऊर्जादेखि खानेपानीसम्मका १६ प्रकारका संवेदनशील पूर्वाधार क्षेत्रको सूची उपलब्ध गराएका थिए, जुन साइबर आक्रमणको विषय नभएको उनको जिकिर थियो ।
कजेयाले आफ्नो कर्पोरेट नेटवर्क सर्भर सञ्चालन गर्ने एउटा एप्लिकेसन, डक्सटप कम्प्युटर र नेटवर्क डिभाइस कम्प्रमाइज भएको हुनसक्ने बताएको छ । कम्पनीको भिसा टुल प्रयोग गरिरहेका ग्राहकलाई तत्काल आफ्नो सर्भर डाउन गर्न भनिएको छ ।
सानो संख्याका कम्पनीहरु यसबाट प्रभावित भएका छन् । यद्यपि हन्ट्रेस ल्याबले भने आक्रमणबाट प्रभावित हुने कम्पनीको संख्या २ सय पुगिसकेको र थप गणना हुने क्रममा रहेको कजेयाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कजेयाको वेबसाइटमा उल्लेख भएअनुसार विभिन्न १० ओटा मुलुकमा कम्पनीको उपस्थिति रहेको छ र ग्राहक संख्या १० हजार रहेका छन् ।
रेभिल ह्याकर समूह, जुन सोदिनोकिबीको नामबाट समेत चिनिन्छ ।
यो विश्वकै सबैभन्दा नाफा आर्जन गर्ने साइबर अपराधीको समूह हो । यो समूहले पीडित पक्षले उसको माग पुरा गर्न नसकेको अवस्थामा आफ्नो वेबसाइटमा चोरीबाट प्राप्त कागजातसहितका चेतावनीपूर्ण पोस्टहरु समेत राख्ने गरेको छ ।
यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीले आफ्नो वक्तव्यमा यो आक्रमणलाई सम्बोधन गर्न आवश्यक कदम लिने क्रममा रहेको बताएको छ ।
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया