धरौटी रकमबाट सापटी माग

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई चलायमान बनाउनका लागि धरौटी राखिएको रकमबाट सापटी दिनुपर्ने माग व्यवसायीहरुले गरेका छन् ।
कोरोनाको महामारीका कारण थलिएको व्यवसायलाई चलायमान बनाउन राहत स्वरुप धरौटी रकमबाट तत्कालका लागि सापटी दिनु पर्ने व्यवसायीले बताएका हुन् ।
धरौटी रकमबाट निश्चित समय तोकेर व्यवसायीलाई सापटीका रूपमा चलाउन दिँदा व्यवसायीलाई केही मात्रामा भए पनि राहत हुने नेपाल वैदेशिक रोजगार व्यावसायी संघका सचिव मेघनाथ भुर्तेल बताएका छन् ।
धरौटी राखिएको पैसा समय तोकेर व्यावसायीलाई सापटी दिँदा कर्मचारीको तलब तथा कार्यालय व्यवस्थापनमा सहज हुने उनले बताए । आपूmहरुले यस विषयमा बारम्बार आवाज उठाएको भए पनि सरकारले ध्यान नदिएको उनले बताएका छन् ।
धरौटी रकम फिर्ता गर्ने विषयमा सम्बन्धित निकायले हुन्न पनि नभन्ने तर व्यवसायीलाई राहत दिन पनि तयार नहुने अवस्था रहेको उनको भनाइ थियो ।
व्यवसायीले नै राखेको रकम व्यवसायीलाई नै चलाउन दिँदा राहतको महसुस गर्ने र केही समयपछि फिर्ता हुने भएकाले यसतर्फ सरकारले ध्यान दिनु पर्ने व्यवसायीको भनाइ छ ।
महामारी सुरु भएपछि आउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र सुर्यप्रसाद गौतम सचिवसँग व्यवसायीले यो माग राखेका हुन् ।
नेपाल सरकारले इराक घटना भएको समयमा म्यानपावर व्यवसायीलाई राहत स्वरुप राखेको धरौटी रकम २ वर्षका लागि फिर्ता गरेको थियो । सोही अनुसार अहिले पनि व्यवसायीले राखेको धरौटी रकमबाट कम्तीमा पनि १ वर्ष प्रयोग गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।
व्यावसायीले राखेको धरौटी रकमबाट केही प्रतिशत ब्याज लिएर भए पनि सापटी दिनु पर्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले जनाएको छ ।
वैदेशिक रोजगार व्यावसायीले धरौटीबापत कम्तीमा ५० लाख रुपैयाँ जम्मा गरेका छन् । सो ५० लाख केही समयका लागि सापटी दिँदा व्यावसायीले आफ्नो आन्तरिक व्यवस्थापन मिलाउन सहज हुने व्यवसायीको भनाइ छ ।
महामारीको असहज स्थितिमा धरौटी रकम चलाउँन पाउँदा व्यवसायीलाई ठूलो राहत हुने प्रगतिशित वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् ।
धरौटी रकम सापटी पाएको खण्डमा व्यावसायीलाई सञ्जिवनी बुटीकै काम गर्ने उनको भनाइ छ । यस्तो विपत्को समयमा पनि यसतर्फ सरकारले खासै चासो नदिएको आरोप थियो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया