‘नमूना युवा संसद्’ संसदीय अभ्यास गर्दै युवा

काठमाडौं । मुलुकमा संसद् नभएका बेला ‘नमूना युवा संसद्’ संसदीय अभ्यास गरिएको छ । सातवटै प्रदेशका युवा अहिले नेपालको संसदीय व्यवस्था सिक्नका लागि नमूना युवा संसद्मा संसदीय क्रियाकलापमा जुटेका हुन् ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय अभ्यास सिकाउने उद्देश्यले ‘नमूना युवा संसद्’मा संसदीय क्रियाकलापमा अभ्यस्त रहेका छन् । परिषद्ले यही असार २२ देखि २४ गतेसम्म प्रदेशस्तरीय र असार २७ देखि २९ गतेसम्म सङ्घीय युवा संसद्को अभ्यास गर्दैछ ।
युवा संसद्मा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, संसदीय दलको नेता, मुख्य सचेतक, प्रमुख सचेतक, संसदीय समितिका सभापति चयन गरी अभ्यास गराइन्छ । व्यवस्थापिका संसद् हुने सम्पूर्ण क्रियाकलाप नमूना युवा संसद् गठन गरेर युवाहरुलाई अभ्यास गराइने परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।
सात प्रदेशबाट २८४ युवा अहिले नमूना युवा संसद्को अभ्यासमा रहेका छन् । ती युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै कुराको अभ्यास गराइन्छ । नमूना युवा संसद्मार्फत युवालाई प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र नगरसभा सञ्चालनको अभ्यास गराइन्छ ।
युवालाई एक जनप्रतिनिधि सांसद पदका निर्वाचित भइसकेपछि संसदीय व्यवस्थामा रही गरिने क्रियाकलापबारे जानकारी गराइन्छ । संसद्मा प्रवेश गर्नेदेखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, संसदीय दलका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक चयन तथा काम कर्तत्व र अधिकारका कुरा सिकाउनुका साथै अभ्यास पनि गराइन्छ । यस्तै संसद् सञ्चालन भइसकेपछि कसरी बोल्ने, शून्य समय, विशेष समयमा कसरी बोल्ने भन्ने कुरा पनि उक्त नमूना युवा संसद्मा सिकाइन्छ ।
परिषद्ले ‘युवा सञ्चालन कार्यविधि २०७५’ जारी गरेर हरेक वर्ष युवालाई संसदीय क्रियाकलाप गराउन थालेको हो । अहिलेसम्म दुईपटक संसदीय अभ्यास गराएको परिषद्ले गत वर्ष कोरोना भाइरसका कारणले स्थगन गरेको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले मुलुक सञ्चालनको बागडोर नै युवा भएकाले अहिलेदेखि नै युवालाई संसदीय अभ्यासबारे जानकारी गराइरहेको बताए ।
“नयाँ पुस्ताको नेतृत्व विकासका लागि देश, समाज चिन्नुदेखि संसदीय प्रणालीमा भएका व्यवस्था, परम्परा र तिनको अभ्यासबारे हामीले सिकाउँदछौँ”, उनले भने, “अभ्यासबाट युवा जुनसुकै क्षेत्रमा सक्षम नेतृत्व गर्न सक्दछन् ।” उनले नमूना युवा संसद्मा सहभागी युवा राजनीतिक नै नगर्न भए पनि सिकेका कुराले सङ्घसंस्था, क्लब, उपभोक्ता समितिमा रहेर कुशल नेतृत्व गर्न सक्ने बताए ।
अभ्यासका क्रममा युवाको अधिकार र कर्तव्यबारे पनि बोध गराइने उहाँको भनाइ छ । कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवा संसद्मा सहभागी अहिले स्वयंसेवी, सकारात्मक सोच, मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार रहेको बताए ।
परिषद्ले यसपटक भर्चुअल माध्यमबाट ती युवालाई अभ्यास गराइरहेको छ । युवा वर्गको नेतृत्व तता क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र यसको विकास प्रक्रियाका बारेमा युवालाई सुसूचित गर्ने, युवालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने र युवाको मुद्दाको बहस पैरवी केन्द्रका रूपमा विकास गर्न नमूना युवा संसद् तथा संसदीय अभ्यासको थालनी गरिएको हो ।
कार्यविधिअनुसार परिषद्ले नै स्थानीय तह, प्रदेश तह र सङ्घीय तहमा नमूना युवा संसद् निर्माण गरी अभ्यास गर्नेछन् । परिषद् स्थानीय तहमा युवा संसद् अभ्यास सकेर अहिले प्रदेश तहका युवालाई अभ्यास गराइरहेको छ । स्थानीय तहमा स्थानीय सरकारमा हुने प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यको काम कर्तव्य, नगरसभा सञ्चालन तथा विभिन्न उपसमितिले गर्ने कामबारे अभ्यास गराइने छ ।
यस्तै प्रदेश तहमा प्रदेश प्रमुख, प्रदेश सभामुख, प्रदेश उपसभामुख, मुख्यमन्त्री, मन्त्री, संसदीय दलका नेता, विपक्षी दलका नेता, सचेतकलगायतका अभ्यास युवाले गर्नेछन् । विसं २०७५ मा भएको युवा संसद्मा प्रधानमन्त्रीको भूमिका रहनुभएका अशोक खनालले अभ्यासले युवा नेतृत्वका विकासमा सहयोग पु¥याउने बताए । उनले जनप्रतिनिधि भइसकेपछि राज्य सञ्चालनमा निभाउनुपर्ने भूमिकाबारे युवा संसद्मा सिकिने बताए ।
“एउटा जनप्रतिनिधि बनिसकेपछि राज्य सञ्चालन, कानून ज्ञान र नीतिगत निर्माणमा कसरी सहभागी हुने बन्ने कुरा सिकिन्छ”, उनले भने, “युवाले समस्या पहिचानदेखि समाधान गर्न सक्ने वातावरण निर्माण गर्न सक्दछन् ।” प्रदेशको अभ्यासमा सहभागी भएका युवालाई सङ्घीय युवा संसद्को अभ्यास गराइने छ ।
रासस









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया