कार्यदलले एमाले विवाद समाधान गर्नेमा ‘आशंका’
घनश्याम भुसाल भन्छन्– १० दिनयता कुनै प्रगति छैन
ओली पक्षले आज सहमति हुने दाबी गरेपनि सिंहरबारमा बसेकाे बैठक विषय प्रवेश नै नगरी टुंगिएकाे छ ।

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएको विवाद समाधानउन्मुख भएको भनिए पनि विवाद समाधानका लागि गठित गठित कार्यदलले अझै सहमतिको खाका टुंग्याउन सकेको छैन ।
ओली र नेपाल पक्षका कार्यदलका सदस्यले पटकपटक सहमतिको नजिक पुगेको दाबी गरेपनि लगातारको बैठकले कुनै निष्कर्ष निकाल्न नसक्दा कार्यदले विवाद समाधान गर्नेमा आशंका बढेकाे छ ।
दुई पक्ष सहमति नजिक पुगेकाे र आजै संयुक्त वक्तव्य आउने भनी ओली पक्षले बारम्बार भन्दै आए पनि सिंहदरबारमा साँझ बसेकाे बैठक विषय प्रवेश नै नगरी टुंगिएकाे छ ।
ओली पक्षबाट कार्यदलमा रहेका अर्थमन्त्री विष्णु पाैडेल उपस्थित नभएपछि नेताहरू भाेलि बिहान पुनः बैठक बस्ने भन्दै उठेका हुन् । अर्थमन्त्री पाैडेल कार्यदलकाे बैठक छाडेर मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।
ओली पक्षले नेपाल पक्षसँग करिबकरिब सहमति भइसकेको दाबी गर्दै आएको भए पनि ओली पक्षको उक्त दाबी नेपाल पक्षले खण्डन गरेको छ । नेपाल पक्षबाट कार्यदलमा रहेका एमाले उपमहासचिव घनश्याम भुसालले १० दिनयता कार्यदलस्तरमा कुनै प्रगति नभएको बताए ।
“यसबीचमा धेरै औपचारिक अनौपचारिक कुराकानी भए, कार्यदलस्तरमा पनि पटकपटक छलफल भए”, उनले भने ‘१० दिनदेखि हमी जहाँको त्यहीँ छौं । टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौं ।’
ओली पक्षबाट कार्यदलको सदस्य रहेका सुवाचन्द्र नेम्वाङले कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको स्वीकारे । भोलि बिहान ११ः३० बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने उनको भनाइ छ ।
भोलिको कार्यदललको बैठकले निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । अहिलेसम्म दुई पक्षबीच भइरहेको सहमति नजिकका विषयबारे उनले उल्लेख गर्न चाहेनन् ।
















शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया