शनिबार, वैशाख १९, २०८३

काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

मेरोन्यूज २०७८ असार २५ गते ८:०२

काठमाडौं । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

Advertisement
NiccNicc

मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।रासस

प्रतिक्रिया