काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
मेरोन्यूज
२०७८ असार २५ गते ८:०२

काठमाडौं । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।रासस
सम्बन्धित
















Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया