सभापतिको टुंगो लगाउन पौडेल पक्षको बैठक बस्दै

काठमाडौँ । आसन्न महाधिवेशनका लागि नेपाली कांग्रेसभित्र छलफल तीव्र हुँदै गर्दा संस्थापन इतर समूहको छलफल हुने भएको छ । सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्ने भन्दै छलफल हुने भएको हो ।
शुक्रबार अपराह्न ४ बजे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको हो । पौडेल पक्षबाट सभापतिका आकांक्षीहरूबीच छलफल हुन लागेको हो ।
महाधिवेशन नजिकिँदै गर्दा आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्ने विषयमा टुंगो लगाउन छलफल बोलाइएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।
पौडेल समूहबाट आधा केही नेताहरूले सभापतिमा आकांक्षी देखाएसँगै छलफल हुने भएको हो । पौडेल पक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दाबी गर्दै आएका छन् । यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राखेका छन् ।
कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया