सभापतिको टुंगो लगाउन पौडेल पक्षको बैठक बस्दै

काठमाडौँ । आसन्न महाधिवेशनका लागि नेपाली कांग्रेसभित्र छलफल तीव्र हुँदै गर्दा संस्थापन इतर समूहको छलफल हुने भएको छ । सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्ने भन्दै छलफल हुने भएको हो ।
शुक्रबार अपराह्न ४ बजे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको हो । पौडेल पक्षबाट सभापतिका आकांक्षीहरूबीच छलफल हुन लागेको हो ।
महाधिवेशन नजिकिँदै गर्दा आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्ने विषयमा टुंगो लगाउन छलफल बोलाइएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।
पौडेल समूहबाट आधा केही नेताहरूले सभापतिमा आकांक्षी देखाएसँगै छलफल हुने भएको हो । पौडेल पक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दाबी गर्दै आएका छन् । यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राखेका छन् ।
कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया