एमाले कार्यदलको बैठक सुरु, सहमति हुने विश्वास
मेरोन्यूज
२०७८ असार २५ गते १३:११

काठमाडौँ । नेकपा एमालेमा विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन केही दिनयता निरन्तर बैठक बस्दै आएको छ ।
आज शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफल हुँदै आएको थियो ।
गत फागुन २३ यता प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी निर्णयहरू सबै खारेज हुनु पर्ने माग नेता माधव नेपाल पक्षले राख्दै आएको छ ।
आजको बैठकमा सहमति भए अध्यक्ष ओली र नेता नेपालबीच भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने आंकलन गरिएको छ । यसअघि दुई नेताबीच भेट वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना हुने गरी १० सदस्यीय कार्यदलको गठन गरिएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया