एमाले कार्यदलको बैठक सुरु, सहमति हुने विश्वास
मेरोन्यूज
२०७८ असार २५ गते १३:११

काठमाडौँ । नेकपा एमालेमा विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन केही दिनयता निरन्तर बैठक बस्दै आएको छ ।
आज शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफल हुँदै आएको थियो ।
गत फागुन २३ यता प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी निर्णयहरू सबै खारेज हुनु पर्ने माग नेता माधव नेपाल पक्षले राख्दै आएको छ ।
आजको बैठकमा सहमति भए अध्यक्ष ओली र नेता नेपालबीच भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने आंकलन गरिएको छ । यसअघि दुई नेताबीच भेट वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना हुने गरी १० सदस्यीय कार्यदलको गठन गरिएको थियो ।
सम्बन्धित
















इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया