कार दुर्घटनामा एमाले नेताको मृत्यु
मेरोन्यूज
२०७८ असार २५ गते १३:१६

काठमाडौं । नेकपा एमाले झापा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आज शुक्रबार केहीबेर अघि भएको दुर्घटनामा प्रसाईको मृत्यु भएको हो ।
झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया