एमाले विवाद समाधान उन्मुख, भाेलि कार्यदलले अन्तिम रूप दिने
कार्यदलका सदस्य गाेकर्ण विष्ट भन्छन्, एकाध विषय टुंगिन बाँकी छन्, भाेलि बस्ने कार्यदलकाे बैठकले अन्तिम रूप दिन्छ ।

काठमाडाैं । नेकपा (एमाले) भित्र देखिएकाे विवाद सहमतितर्फ अगाडि बढेकाे छ । शीर्ष नेता र कार्यदलस्तरमा भएका छलफलका आधारमा विवाद समाधानकाे दिशामा अघि बढेकाे कार्यदलका सदस्यले प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले आजको वैठक निकै सौहार्द र सघन रूपमा सम्पन्न भएकाे र बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने सहमतिमा पुगिएकाे बताए ।
‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं’, बैठकपछि उनले भने ।
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरिएकाे उनले बताए ।
‘तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं’, उनले भने, ‘त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दूर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टुंग्याउने छौं ,’
नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।
बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव एवं कार्यदलका सदस्य गाेकर्ण विष्टले कार्यदलमा लगभग सहमति जुटेकाे बताए । एकाध विषयमा सहमति हुन बाँकी रहेकाे र भाेलि सहमतिमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यदलले सहमतिकाे मस्याैदालाई अन्तिम रूप दिने र शीर्ष नेतालाई बुझाइने उनकाे भनाइ छ । मध्याह्न १२ बजेदेखि सिंहदरबारमा बसेकाे कार्यदलकाे बैठक भर्खरै सकिएकाे हाे ।









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
प्रतिक्रिया