एमाले विवाद समाधान उन्मुख, भाेलि कार्यदलले अन्तिम रूप दिने
कार्यदलका सदस्य गाेकर्ण विष्ट भन्छन्, एकाध विषय टुंगिन बाँकी छन्, भाेलि बस्ने कार्यदलकाे बैठकले अन्तिम रूप दिन्छ ।

काठमाडाैं । नेकपा (एमाले) भित्र देखिएकाे विवाद सहमतितर्फ अगाडि बढेकाे छ । शीर्ष नेता र कार्यदलस्तरमा भएका छलफलका आधारमा विवाद समाधानकाे दिशामा अघि बढेकाे कार्यदलका सदस्यले प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले आजको वैठक निकै सौहार्द र सघन रूपमा सम्पन्न भएकाे र बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने सहमतिमा पुगिएकाे बताए ।
‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं’, बैठकपछि उनले भने ।
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरिएकाे उनले बताए ।
‘तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं’, उनले भने, ‘त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दूर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टुंग्याउने छौं ,’
नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।
बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव एवं कार्यदलका सदस्य गाेकर्ण विष्टले कार्यदलमा लगभग सहमति जुटेकाे बताए । एकाध विषयमा सहमति हुन बाँकी रहेकाे र भाेलि सहमतिमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यदलले सहमतिकाे मस्याैदालाई अन्तिम रूप दिने र शीर्ष नेतालाई बुझाइने उनकाे भनाइ छ । मध्याह्न १२ बजेदेखि सिंहदरबारमा बसेकाे कार्यदलकाे बैठक भर्खरै सकिएकाे हाे ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया