पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा अधिकारी

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिस्तरको यही असार २२ गतेको निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गरेका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो ।
यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ । समितिका सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेकाे मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् ।
सदस्यसचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ । गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिका अध्यक्षका रुपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा डा रामचन्द्र गौतमले काम गरिसकेका छन् ।
तीनै अध्यक्ष नेतृत्वको समितिले मन्त्रालयले दिएको पत्रका आधारमा काम गरेका थिए । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो । समितिलाई पञ्चाङ्गको स्वीकृति दिने, चाडपर्वसम्बन्धी निर्णय गर्ने, ज्योतिष, कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्दै तालीम, प्रशिक्षण सञ्चालन गर्ने गरी गठन आदेशमा व्यवस्था गरिएको सदस्य सचिव ढुङ्गेलले जानकारी दिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया