संरक्षित वन्यजन्तुको छालासहित दुई पक्राउ

काठमाडाैं । संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुईलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित पिपलबोटबाट पक्राउ पर्नेमा यहाँस्थित गोठाटार बस्ने २८ वर्षीय सविन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला र सालकको छाला तथा खपेटा बरामद गरिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त कसुर प्रमाणित भएमा पाँचदेखि १५ वर्ष कैद तथा पाँच लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया