परदेशीको कथा
खेम राज ओझा
२०७८ असार २६ गते ११:५८

मन्दिरभित्र मूर्ति छैन, घण्टी मात्र बज्छ
परदेशी नेपालीको, जिऊमै मैलो बग्छ ।
आकाशमा उड्ने बादल, बाटो खोज्दै फाट्यो
कोभिड दाइले आफ्नै भाइलाई, अनाहकमा चाट्यो ।
पारी गाउँको धतुरे दाइ, भाउजुसँगै ढल्यो
वारीपट्टी सानो गाउँ नि, बिना दाउरा जल्यो ।
कतै आकाश कतै धर्ती, बेहाल छन् रे काइला
गोठै मुनी पहिरो आउँदा, बग्दै ढले माइला ।
ठूले कान्छा महलबाट, झ्याल खोलेर हेर्छन्
साने कान्छा हिलो भित्र, लट्पटिएर मर्छन्
हुने खाने कालो सिसा, खोज्दै डेरा सरे अरे
गरिबलाई जिन्दगी, कुकुर समान छरे अरे ।
न त रोदन न त सोधन, कालो सिसा बल्छ
भोको पेटले चिच्याउँदै, गरिब जिउँदै जल्छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया