बलात्कारको आरोपमा कांग्रेस नेता पक्राउ
मेरोन्यूज
२०७८ असार २६ गते १३:४३
काठमाडौँ । नेपाली कांग्रेसका नेता नागेश्वर कुश्वाहा पक्राउ परेका छन् । बलात्कार आरोपमा रौतहटका स्थानीय नेता ५० वर्षीय कुश्वाहा पक्राउ परेका हुन् ।
स्थानीय एकजना विवाहित महिलालाई बलात्कार गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार पुर्याएका थिए ।
सोही क्रममा बजारभन्दा वरै कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरीपछि कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको इलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया