बलात्कारको आरोपमा कांग्रेस नेता पक्राउ
मेरोन्यूज
२०७८ असार २६ गते १३:४३
काठमाडौँ । नेपाली कांग्रेसका नेता नागेश्वर कुश्वाहा पक्राउ परेका छन् । बलात्कार आरोपमा रौतहटका स्थानीय नेता ५० वर्षीय कुश्वाहा पक्राउ परेका हुन् ।
स्थानीय एकजना विवाहित महिलालाई बलात्कार गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार पुर्याएका थिए ।
सोही क्रममा बजारभन्दा वरै कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरीपछि कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको इलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
सम्बन्धित















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया