एमाले कार्यदल बैठक सहमति नजिक, आज पुन : बस्दै

काठमाडौं । विवाद समाधान नजिक पुगेको भनिएको नेकपा (एमाले) कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ८ बजे बैठक बस्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
आजको बैठकले सहमतिलाई अन्तिम दिने र सार्वजनिक गर्ने कार्यदल सदस्यहरुले दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए । ओली पक्षका कार्यदल सदस्य नेम्वाङले भने,“आज बिहान ८ बजे बसेर सुखद समाचार पाउनुहुनेछ ।”
र आजसम्म सबै विषयमा सहमति जुट्ने कार्यदलमा रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टले जानकारी दिए । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य विष्टले भने, ‘आज सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा विघटनमा निर्णय दिने तयारी गरेको छ । त्यो अगाडि नै एमालेभित्रको विवाद मिलाउन नेताहरुले पहल गरेका छन् ।
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया