माओवादी नेतृ पम्फा भूषालको आमाका नाममा अक्षयकोष स्थापना

काठमाडौं । नेकपा माओवादीकी प्रभावशाली नेत्री पम्फा भुषालको आमा इन्द्रकला भुषालको नाममा ललितपुरका महेन्द्र आर्दश उच्च मावि मा अक्षयकोष स्थापना गरिएको छ । माओवादी केन्द्रकी स्थायी समिति सदस्य समेत रहेकी भुषालको आमाको ७ दिन अगाडी ९३ वर्षको उमेरमा निधन भएको थियो । भूषालको परिवारले आज निवासमै एक कार्यक्रमको आयोजना गरी अक्षयकोष स्थापनाको घोषणा गरेको हो ।
अक्षयकोष ३ लाखवाट शुरुआत हुनेछ । अहिले भूषाल परिवारले ३ लाखवाट अक्षयकोष सुरुआत गरेको जनाएको हो । त्यसलाई १० लाख रुपैयासम्म पुरायाउने योजना बनाईएको भुषालले वताइन् ।
१४ वर्ष अगाडी निधन भएका भुषालको वुवाको नाममा पनि अर्घाखाँचीको जनता मावि मा अक्षयकोष स्थापना गरिएको थियो ।
प्रगतिशिल सस्कारमा आमाको शोक मनाएको भुषाल परिवारले आमाको निधनमा गरिने कार्यक्रम आजैबाट समाप्त गरेर अव नयाँ ढंगले चल्ने जानकारी पनि दिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु कृष्णवहादुर महरा, वर्षमान पुन, शक्तिवहादुर बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, गणेश शाह, हितमान शाक्य, ओनसरी घर्ती लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रचण्डले पम्फा भूषालको आमाले परिवर्तनको आन्दोलनका लागि लाग्न सधै उत्प्रेरित गर्ने र दृढइच्छा शक्ति रहेको आमाको रुपमा आफुले पनि संगत गर्न पाएको स्मरण गरेका थिए ।


















चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया