झण्डै १० लाख रुपैयाँ भ्रष्टाचार गर्ने सचिवहरू पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते २०:२७
काठमाडौँ । जाजरकोटमा तत्कालीन समयमा कार्यरत सचिवको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नदिई रकम हिनामिना गर्ने पक्राउ परेका छन् ।
साविक लहँ गा.वि.स.मा तत्कालीन सचिव दोर्ण प्रसाद पौडेलले झुठा कागज बनाएर ५ लाख ९३ हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए । यस्तै, सोही गा.वि.स.मा कार्यरत अर्का सचिव दिपक सुनारले पनि झुठा कागज तयार गरी ४ लाख ४० हजार रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।
दुवै जनालाई सोही रकम बराबर बिगो दाबी गरी कारबाही प्रक्रिया अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरूले पटक पटक गरी १० लाख ३० हजार रुपैयाँ हिनामिना गरेका थिए ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया