बिर्तामोडमा एक युवती मृत फेला, घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन
मेरोन्यूज
२०७८ असार २८ गते १०:१०

काठमाडौं । झापाको विर्तामोड नगरपालिकामा आफ्नै घरको अगाडी एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै बस्दै आएको घरकै आँगनमा २५ वर्षीया सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएकी बस्नेत दाजुभाउजुको साथमा बस्दै आएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराईका अनुसार उनको घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको हो । अहिले नै सिर्जनाको हत्या/आत्महत्या केही भन्न नसकिने उनले बताए ।
घटनास्थल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर परिचालन गर्ने एसपी भट्टराईले मेरोन्युजलाई बताए ।
सम्बन्धित










चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया