सर्वोच्चको फैसला असंवैधानिक : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले इतिहासमा आजको दिन सर्वोच्च अदालत चुकेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फैसला गर्दै पुनस्र्थापना गर्न आदेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिएको हो ।
अदालतको फैसलालाई असंवैधानिक भन्दै उनले तुरुन्त माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध गर्न आह्वान गरेका छन् ।
‘आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन, निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भएको दिन, व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तीका नामधारीहरूले हातमा लिएको क्षण, अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ,’ उनले भने ।
युवा संघले सर्वोच्चको फैसलाविरुद्ध गर्दै देशभर आन्दोलन गर्ने नेता बस्नेतले उद्घोष गरेका छन् । उनले भने, ‘जो जहाँ छौँ, सहभागी बनौँ । देशभर विरोध प्रदशन गरौँ ।’
















१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया