देशवासीका नाममा प्रधानमन्त्रीको विदाई सम्वोधन
‘जनताको जनादेश मेरो पक्षमा थियो, तर परमादेश देउवाको पक्षमा गयो, म विदा लिदैछु’
अत्यधिक न्यायिक प्रक्रियामा अघि बढेर कहिलेकाहीँ मागै नगरेको विषयमा अदालतले हात हालेको ओलीको जिकिर

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पूरै जीवन लोकतन्त्रका लागि समर्पित गरेको बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले जनताको आदेशभन्दा पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको बताए । ‘म जनताको आदेशबाट सरकारबाट बाहिरिएको होइन, सर्वोच्चको परमादेशबाट बाहिरिन पुगेको हो, अहिले पनि सबै जनताको मत र आदेश मप्रति नै छ,’ उनले भने, ‘तर, सर्वोच्चको परमादेश विपक्षी तर्फ पुगेको मात्रै हो ।’
खेल खेल्ने जिम्मेवारी खोलाडीको भएको भन्दै प्रधानमन्त्रीले खेलाडीले भन्दा अगाडी वढेर रेफ्री आफैले खेल जिताउने कुरा गर्दा जोखिम वढने प्रधानमन्त्रीको भनाई थियो । ओलीले सर्वाेच्चको फैसलाले लोकतनत्रमा विश्वास गर्नेहरुलाई चिन्तत बनाएको ओलीले बताए ।
सर्वाेच्चको फैसलाको असर मुलुकको लाकेतान्त्रिक प्रणाली र दलीय ब्यवस्थामा लामो समय सम्म रहीरहने भन्दै प्रधानमन्त्री ओलीले ति फैसला सहयोगी रहे की असहयोगी, राजनीतिक स्थायिव भयो की भएन, लोकतान्त्रिक ब्यवस्था वलियो वनायो, या कमजोर यसको समिक्षा पछि हुने वताए ।
प्रधानमन्त्री ओलीले संविधानको सर्वाेच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकोले त्यसको कार्यान्वयन गर्नेमा पार्टी स्पष्ट रहेको पनि वताए ।
नेपालको संविधान अक्षरहरुको संगालो मात्र नभई दशकौ लामो नेपाली जनताको संर्घष वलिदानको दस्तावेज भएको प्रधानमन्त्रीको भनाई थियो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीमा आफ्नो सरकारले उच्च स्तरको काम गरेको भन्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा ल्याउन सफल भएको बताए । उनले कोरोना भाइरसविरुद्ध सबै जनतालाई खोप दिने तयारी यो सरकारले गरेको हो ।















युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया