देउवाले संविधानकाे धारा खाेजेपछि शपथमा ढिलाइ, राष्ट्रपति कार्यालयमा शीर्ष नेताबीच छलफल
मेरोन्यूज
२०७८ असार २९ गते १९:२१

काठमाडाैं । प्रधानमन्त्रीकाे नियुक्तिमा प्रयाेग गरिएकाे भाषामा विवाद भएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथमा ढिलाइ भएकाे छ । राष्ट्रपति कार्यालयले संविधानकाे धारा उल्लेख नगरी सर्वाेच्च अदालतकाे फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएकाे भनेपछि देउवाले आपत्ति जनाएका छन् ।
राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने प्रधानमन्त्री देउवाको अडान छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनले जिकिर गरेका छन् ।
शपथमा ढिलाइ भएपछि राष्ट्रपति कार्यालयमा भेला भएका शीर्ष नेता देउवासँगै छलफलमा जुटेका छन् । साँझ ६ बजे शपथ कार्यक्रम तय भएपनि ७ः३० बजेसम्म शपथ कार्यक्रम शुरू हुन सकेकाे छैन ।
सम्बन्धित















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया