एमालेका नेता नेपालले मञ्चमै पुगेर दिए देउवालाई शुभकामना

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भेट गरी शुभकामना दिएका छन् । प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै शुभकामना आदानप्रदान गर्ने क्रममा नेता नेपाल मञ्चमा पुगेर देउवालाई शुभकामना दिएका हुन् ।
नेता नेपालपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका थिए । देउवाले आज साँझ सपथ ग्रहण गर्ने भनिए पनि राष्टपति कार्यालयको त्रुटीका कारण करिब ३ घण्टा ढिलो भएको हो ।
आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षरसहित सहभागी भएका नेता नेपालले केपी शर्मा ओलीको विरोध गर्दै विपक्षी गठबन्धनसँग सहकार्य गरेका थिए ।
सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापित गर्दै विपक्षी गठबन्धनको पक्षबाट प्रधानमन्त्री पदमा दाबी गरेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयलाई परमादेश दिएको थियो । सर्वोच्च फैसलासँगै बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आगामी दिनमा गठबन्धनका नहुने भन्दै बाहिरिएका थिए ।
देउवाकाे शपथ समाराेहमा पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरू उपस्थित भए पनि केपी ओली र उनी पक्षीय नेताहरू उपस्थित भएनन् ।















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया