एमालेका नेता नेपालले मञ्चमै पुगेर दिए देउवालाई शुभकामना

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भेट गरी शुभकामना दिएका छन् । प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै शुभकामना आदानप्रदान गर्ने क्रममा नेता नेपाल मञ्चमा पुगेर देउवालाई शुभकामना दिएका हुन् ।
नेता नेपालपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका थिए । देउवाले आज साँझ सपथ ग्रहण गर्ने भनिए पनि राष्टपति कार्यालयको त्रुटीका कारण करिब ३ घण्टा ढिलो भएको हो ।
आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षरसहित सहभागी भएका नेता नेपालले केपी शर्मा ओलीको विरोध गर्दै विपक्षी गठबन्धनसँग सहकार्य गरेका थिए ।
सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापित गर्दै विपक्षी गठबन्धनको पक्षबाट प्रधानमन्त्री पदमा दाबी गरेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयलाई परमादेश दिएको थियो । सर्वोच्च फैसलासँगै बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आगामी दिनमा गठबन्धनका नहुने भन्दै बाहिरिएका थिए ।
देउवाकाे शपथ समाराेहमा पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरू उपस्थित भए पनि केपी ओली र उनी पक्षीय नेताहरू उपस्थित भएनन् ।
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया